काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतरा औल्याएको छ ।
सोमबार ४ हजार ४ सय ७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ । २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम अहिले देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोलाले बताए ।
सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । सोमबार परीक्षण ४ हजार ४ सय ७२ मा गरिएको थियो ।
