‘कोभिड-१९ तथ्यांकले खतराकाे घण्टी बज्याे’

‘कोभिड-१९ तथ्यांकले खतराकाे घण्टी बज्याे’ image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतरा औल्याएको छ ।

सोमबार ४ हजार ४ सय ७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ । २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम अहिले देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोलाले बताए ।

सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । सोमबार परीक्षण ४ हजार ४ सय ७२ मा गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda