भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरणमा २० लाख ७० हजार किसान सूचीकृत

सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरणमा २० लाख ७० हजार किसान सूचीकृत

काठमाण्डौ । सरकारले २० लाख ७० हजार किसान सूचीकृत गरेको छ । सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकृत भएका हुन ।

राष्ट्रिय कृषि गणना २०७८ का अनुसार देशभर ४१ लाख ३० हजार किसान घरधुरी छन् । कृषि गणनालाई आधार मान्दा अझै पनि आधा सङ्ख्यामा किसान सूचीकरण हुन बाँकी नै छ । सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरण अभियानमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि सूचना तथा प्रशिक्षण केन्द्रको पछिल्लो तथ्याङ्क छ ।

किसानका लागि सूचीकरण कार्य महत्त्वपूर्ण रहेकाले यसलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान पनि सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । यी सूचीकृत किसानमध्ये पनि पूर्णरूपमा प्रमाणित किसानको सङ्ख्या भने झन्डै सात लाख रहेको मन्त्रालयले जनाएको छ ।

कृषिलाई रोजाइको पेशाको रूपमा विकास गर्न किसानको पहिचान, पहिचानपछि वर्गीकरण र सूचीकरण भएसँगै कृषिको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ । सरोकारवालाले जनचेतनामूलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.