भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

ज्ञानबहादुर न्याइच्याई असल, सिद्धान्तनिष्ठ र जनताको सेवामा समर्पित कार्यकर्ता

ज्ञानबहादुर न्याइच्याई असल, सिद्धान्तनिष्ठ र जनताको सेवामा समर्पित कार्यकर्ता

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्ञानबहादुर न्याइँच्याई एक असल, सिद्धान्तनिष्ठ र जनताको सेवामा समर्पित कार्यकर्ता भएको र भक्तपुरलाई सफा र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो ।

गणेश माध्यमिक विद्यालयका संस्थापक, भक्तपुर नगरपालिकाका पूर्व नगर प्रमुख तथा किसान नेता ज्ञानबहादुर न्याइच्याईको १४ औं स्मृति सभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले उक्त विचार राख्नुभएको हो । प्रमुख प्रजापतिले देश र जनताको लागि राम्रो काम गर्ने व्यक्तिले अमरत्व प्राप्त गर्ने बताउँदै नेमकिपाको नीति र निर्देशनमा रहेर जनताको हितमा उल्लेखनीय कार्यहरू गरेकै कारण आज भक्तपुरबासीहरुले ज्ञानबहादुर न्याइच्याईको स्मरण गरिरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेकै कारण भक्तपुरमा शैक्षिक परिवर्तन भएको बताउँदै उहाँले शैक्षिक परिवर्तनले भक्तपुरका महिलाहरु पनि समाजमा अगाडि बढ्ने अवसर पाएको बताउनुभयो । सम्पदा संरक्षण र सम्बद्र्धनको लागि पर्यटन सहयोग शुल्क उठाउने निर्णय उहाँकै पालामा सुरु भएको र यसले भक्तपुरको सर्वांगिन विकासमा थप टेवा पु¥याएको स्पष्ट पार्नुभयो । उहाँले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आजको आवश्यकता भएको पनि सो अवसरमा बताउनुभयो ।

वैदेशिक ऋणको पासोमा नेपाल फस्दै गइरहेको बताउँदै उहाँले आर्थिक रुपमा स्वतन्त्र नभएको देश राजनीतिक रुपमा पनि स्वतन्त्र नहुने नेपाल एक उदाहरण बनेको छ भन्नुभयो । नेक्राकिसंघ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले ज्ञानबहादुर न्याईच्याईको भौतिक शरीर नभए पनि जनताको मन मनमा रहन सफल भएको व्यक्तित्व हो भन्दै उहाँ देश र जनताको हकहितको निम्ति काम गर्ने सच्चा कार्यकर्ता हुन् भन्नुभयो ।

उहाँले कम्युनिष्ट शासन व्यवस्था आएपछि जनताले सुख सुविधा पाउनुपर्नेमा विदेशमा सस्तो ज्यामी बन्नुपर्ने बाध्यता निम्तिनुमा पनि शासक दलहरु जिम्मेवार रहेको बताउनुभयो । गणेश मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष रविन्द्र खर्बुजाले गणेश मावि स्थापनाले टोलका किसानहरुले शिक्षा हासिल गर्ने अवसर पाएको बताउँदै उहाँले ज्ञानबहादुर न्याइच्याईमा सुनाउने क्षमता मात्र नभई सुन्ने धैर्यता पनि भएको प्रतिकको रुपमा रहेको बताउनुभयो ।

विद्यालयका संस्थापक सदस्य एवम् समाजसेवी कृष्णबहादुर दुगुजूले का। ज्ञानबहादुर न्याइच्याइको योगदानलाई बिर्सन नसकिने बताउँदै उहाँले किसान हकहितमा जग्गा नापी हुँदा जोताहाको नाम उल्लेख गराउन सक्रिय भूमिका खेल्नुभयो । भक्तपुर नपा वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गणेश माविका प्रअ गणेशराम थुसाले विद्यालय स्थापनामा योगदान गर्नुभएका शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी किसान, मजदुर, महिला, टोलबासीहरूलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले कक्षागत १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । १ मिनेट मौन धारणबाट सुरु भएको उक्त कार्यक्रममा दिवंगत ज्ञानबहादुर न्याइच्याईको तस्बिरमा प्रमुख अतिथिलगायत अतिथिहरुले माल्यार्पण गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.