भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

आन्दोलन हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु, ७५ जना सुरक्षाकर्मी घाइते

आन्दोलन हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु, ७५ जना सुरक्षाकर्मी घाइते

काठमाडौँ । आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलनमा ७५ जना घाइते भएका हुन ।

प्रदर्शनकारीले सरकारी ९ वटासहित कुल १५ वटा सवारीसाधनमा तोडफोड गरेका छन् भने तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउसलगायतमा तोडफोड गरेका छन् । एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।

शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो । प्रदर्शनकारीले उद्दण्ड गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरी प्रभाव कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर, एकीकृत समाजवादीको पार्टी कार्यालयसमेतमा तोडफोड कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट समेत भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समेत छन् ।

 


Thali Mobile Pvt.Ltd.