भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

म्यानमार भूकम्पबाट मृत्यु हुनेको संख्या १४४ पुगेको पुष्टि

म्यानमार भूकम्पबाट मृत्यु हुनेको संख्या १४४ पुगेको पुष्टि

काठमाडौं । म्यानमारमा मृत्यु हुनेको संख्या १४४ पुगेको पुष्टि भएको छ। म्यानमारमा शक्तिशाली भूकम्पमा परी १ सय ४४ को मृत्यु र ७ सय ३२ जना घाइते भएका हुन ।

घाइतेहरुको सम्पूर्ण विवरण सार्वजनिक गरिएको छैन । म्यानमार भूकम्पले कैयौँ आवसीय भवन ध्वस्त भएका छन्। साथै थुप्रै निर्माणाधीन भवनमा मजदुर फसेका छन् ।

उनीहरुको खोजी र उद्धार कार्य जारी छ। भूकम्पको धक्का यी दुई देशबाहेक चीनमा पनि महसुस गरिएको थियो । तर चीनमा भने ठूलो क्षतिको कुनै पनि विवरण सार्वजनिक भएको छैन। म्यानमारका सैन्य शासन प्रमुख मिन आङ हल्येङका तर्फबाट सार्वजनिक भएको विवरणमा मानवीय क्षतिको संख्या न्यूनमात्रामा राखिएको छ ।

उक्त सरकारका अधिकारीहरुले मृतक र घाइतेहरुको संख्या बढ्ने सम्भावना रहेको बताएका छन्। म्यानमारमा गएको ७.७ म्याग्नीच्युडको भूकम्पबाट थाइल्याण्डसमेत प्रभावित भएको छ ।

थाइल्याण्डमा अहिलेसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी जिओलोजिकल सर्वे युएसजीएसका अनुसार भूकम्पको तीव्रता अनुसार म्यानमार र थाइल्याण्डमा भूकम्पबाट १० हजार मानिसको मृत्यु भएको अनुमान छ।

 


Thali Mobile Pvt.Ltd.