भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत २० हजार सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं। मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि प्रहरी परिचालन गरिएको हो ।

काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएको
छन् । त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ ।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन भएका छन् । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।

गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा अवरुद्ध सडक सञ्चालन गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका छन् ।  सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.