भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गाजाबाट दुई हजार २०० घाइते प्यालेस्टिनी इजिप्ट पुगेः राष्ट्रपति

गाजाबाट दुई हजार २०० घाइते प्यालेस्टिनी इजिप्ट पुगेः राष्ट्रपति

काठमाडौं । अक्टोबर ७ दखि गाजामा इजरायली नाकाबन्दी र बमबारीले २७ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलले गाजा स्ट्रिपमा हमास विरुद्ध ठूलो सैन्य अभियान चलाउँदै आएकोपछि गाजापट्टीमा घाइते भएका दुई हजार २०० भन्दा बढी प्यालेस्टिनी इजिप्ट पुगेको बताइएको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयले सोमबार जनाएअनुसार प्यालेस्टिनीहरु रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बताइएको छ । यो तीन महिनाको तथ्याकं भएको जानकारी दिइएको छ । इजिप्टका विभिन्न प्रान्तमा ४७ अस्पतालहरुमा एक हजार २०० भन्दा बढीको शल्यक्रिया भएको पनि जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग केही राष्ट्रिय चिकित्सा परियोजनाको प्रगति समीक्षा गर्न बसेको बैठकमा, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजिप्टले पीडितलाई सहयोग गर्न जारी राख्ने र उनीहरूको जीवन सहज बनाउने बताए।

 


Thali Mobile Pvt.Ltd.