भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

२५ पालिकाले चार महिनासम्म बजेट ल्याउन सकेनन्

२५ पालिकाले चार महिनासम्म बजेट ल्याउन सकेनन्

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट प्रस्तुत गर्न सकेका छैनन्। तीमध्ये २४ वटा मधेश प्रदेशका र एक लुम्बिनी प्रदेशको पालिका छन्।

देशभरका ७५३ पालिकामध्ये ७२९ ले बजेट ल्याइसकेका छन्। तर मधेश प्रदेशका केही पालिकामा जनप्रतिनिधिबीचको आपसी विवाद, योजना छनोटमा असन्तुष्टि तथा आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजेट प्रस्तुत ढिलाइ भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मधेश प्रदेशका महोत्तरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, बारा र पर्सामा रहेका २४ पालिकाले बजेट पेस गर्न सकेका छैनन्। साथै लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले पनि अहिलेसम्म चालू आर्थिक वर्षको बजेट ल्याएको छैन।

संवैधानिक प्रावधानअनुसार संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्छ। त्यसपछि असार मसान्तसम्म पारित गर्नुपर्ने व्यवस्था छ।

यसरी बजेट नल्याएका पालिकामा सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिका, सिराहाको धनगढीमाई, सुखीपुर, धनुषाको क्षिरेश्वर, नगराइन, औरही, कमला, जनकनन्दिनी, धनौजी, महोत्तरीको सोनमा, मलङ्गवा, सर्लाहीको हरिवन, चन्द्रनगर, रामनगर, रौतहटको कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर, यमुनामाई, बाराको महागढीमाई, विश्रामपुर तथा पर्साको पकाहा मैनपुर गाउँपालिका छन्।

लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले पनि चार महिनासम्म बजेट प्रस्तुत नगरेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.