भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनबाट क्षति मूल्याङ्कनका लागि पालिकालाई निर्देशन

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनबाट क्षति मूल्याङ्कनका लागि पालिकालाई निर्देशन

काठमाण्डौ, ३० कार्तिक । सरकारले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै पालिकालाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

मन्त्रालयले आफ्नो परिपत्रमार्फत आन्दोलनमा भएका क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्न आवश्यक जानकारी समेत उपलब्ध गराएको छ। यस पहलको उद्देश्य सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माण योजना तयार पार्नु रहेको मन्त्रालयले जनाएको छ।

सरकारले असोज ५ गतेको मन्त्रिपरिषद् बैठकमा पाँच सदस्यीय समिति गठन गरी क्षतिको मूल्याङ्कन र पुनःनिर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको थियो।

यदि कुनै पालिकाले क्षतिको तथ्याङ्क प्रविष्ट गर्न छुटाएको भए, मन्त्रालयले तयार पारेको अनलाइन पोर्टलमा विवरण अपलोड गर्न अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.