भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर महिला कबड्डी प्रतियोगिता फागुन २९ गते उद्घाटन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत्र ३ गतेसम्म अन्तरनगर कबड्डी प्रतियोता सञ्चालन गर्ने जानकारी दिएको हो ।
अन्तर नगर महिला कबड्डी प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले मंगलबार उद्घाटन भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक तथा वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।
अखिल नेपाल कबड्डी संघबाट मान्यताप्राप्त कबड्डी प्रतियोगितामा आजसम्म देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको अन्तर नगर महिला कबडडी प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गगेरको उहाँले बताउनुभयो ।
फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०÷५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको छ भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था समेत गरेको छ ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसंगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको बताउँदै विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ्य र तन्दुरुष्ट बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, कराँते, बक्सिङ्ग, टेबुलटेनिस, जिम्नाष्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आइरहेको बताउनुभयो ।
ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्णले सजिलैसंगै अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ शारीरिक अभ्यासको वडा–वडामा प्रशिक्षण व्यवस्था गरिएको र विद्यालयहरूमा खेलहरूको विकास गर्ने उद्देश्य अनुसार विगत ४ वर्षदेखि पूर्णकालीन प्रशिक्षकहरू व्यवस्था गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिई कराँते खेलका प्रशिक्षार्थीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गरी विद्यालयहरुका छात्राहरूलाई प्रशिक्षण सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।
२०८० कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगर भित्रका ४९ वटा विद्यालयका शिक्षकहरूलाई एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी पाठ्यपुस्तकमा रहेको आधारभूत सीपहरू सम्बन्धी तालिम सञ्चालन गरिएको उहाँको भनाई छ । यस वर्षको अन्तर विद्यालय खेलकुद प्रतियोगितमा नगरमा रहेका ९२ वटा विद्यालयहरुमध्ये ८१ विद्यालयहरूले सहभागिता जनाएको बताउँदै कबड्डी खेलमा छात्रा – ८ र छात्र – ८ वटा विद्यालयहरूले भाग लिएको जानकारी लिनुभयो ।
यस वर्षदेखि भक्तपुर नगरपालिका तयार पारिएको स्थानीय पाठ्यक्रममा उल्लेख गरिएको बाघचाल खेल पनि समावेश गरी १५ वटा खेलहरूको प्रतियोगिता भएको र त्यसमध्ये बाघचाल प्रतियोगितामा विद्यार्थीहरु अत्यन्त उत्साहित देखिएको पाइएकाले आगामी वर्ष अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले संयोजक खत्रीको भनाई छ ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा व्यक्त गरेका प्रतिबद्धतामध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक भएकाले निर्वाचनमा जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको उहान्ले जानकारी दिनुभयो ।
पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको बताउँदै २०८० साल फागुन २९, ३० र चैत्र १,२,३ गते सम्म शहिद दिवसको अवसरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता गर्ने नगर प्रमुख सुनिल प्रजापतिले घोषणा लगत्तै उहाँकै संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेको बताउँदै हरेक वर्षको प्रतियोगिताले नगरपालिकालाई हौसला र उत्साह प्रदान गरिरहेको बताउनुभयो ।
