भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

३ करोडभन्दा बढी रकम उठाएर ठगी गर्ने गिरोहका दुई जना पक्राउ

३ करोडभन्दा बढी रकम उठाएर ठगी गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। मंगलवार उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोयशियासमेतका देशमा पठाउने भनी ठगी गर्ने दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक धादिङको धुनिबेसी नगरपालिका ४ का आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटी र अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपाली रहेका छन्।

नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोली मकार्ड समेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोह पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गिरोहले शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाइ रकम लिने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले नेपालीलाई कागेश्वरी नगरपालिका ७ बाट पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको जनाएको छ। बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजङ बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ ठगी गरेका प्रहरीले फेला पारेको छ ।

यसको मुख्य गिरोह भारतमा बसी काम गर्ने गरेको समेत प्रहरीले सार्वजनिक गरेको छ। महाराजगञ्जको कन्सलटेन्सीबाट २० र दर्शन नेपालीको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानीलगायत १ सय ८२ जनाको रेकर्ड फाइल बरामद गरेको छ।

सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाउ, टर्कीलगायतका देशमा जान अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सल्टेन्सीमै बोलाइ करिब ४ सय २२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताएर ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले ४२२ जनाबाट करिब ३ करोडभन्दा बढी रकम उठाएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.