भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आर्थिक बृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक

आर्थिक बृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक

काठमाण्डौ । चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०८० र ८१ को आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय तथ्याङ्क कार्यालय मंगलबार सार्वजनिक गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । तर बजेटको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ ।

उपभोक्ता मूल्यमा ३ दशमलव ८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३ दशमलव ५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ दशमलव ८ अर्ब रुपैयाँ पुगेको छ ।

नेपालीको प्रतिव्यक्ति आय औसतमा वार्षिक १ हजार ४ सय ५६ अमेरिकी डलर पुगेको छ । यो तथ्याङ्कबाट अर्थतन्त्रका सूचकाङ्क सकारात्मक नै रहेको सङ्केत गरेको र ६ देखि ८ महिनाको तथ्याङ्कलाई आधार लिएर प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.