भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा ३ गोदाम सिल

कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा ३ गोदाम सिल

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ वटा गोदाममा छापा मारेको छ । काठमाडौँको तार्केश्वर नगरपालिका–९ स्थित मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा छापा मारेको हो ।

नागार्जुन नगरपालिका–६ भीमढुंगामा खगेन्द्र खत्रीले सञ्चालन गरेको गोदाममा १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आटा ११ बोरा र दाल सहित गोदाम सिल गरिएको छ । नाम चलेका कम्पनीको बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा गोदाम सिल गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । नागार्जुन–४ स्थित मुकेश सिंहले सञ्चालन गरेको ढीमाई प्याकेजिङ उद्योगमा ४७ सय ५ बोरा चामल फेला परेको छ ।

कुलेश्वरमा ठेगाना भए पनि सिंहले नागार्जुनमा गोदाम सञ्चालन गरेको भेटिएको छ । गढीमाई प्याकेजिङ उद्योगमा फेला परेको ४७ सय ५ बोरा चामल, ४५ बोरा कनिका मस्यौरा ६० बोरा र चिउरा ३४० बोरा सहित गोदाम सिल गरिएको छ । स्थानीय प्रशासन सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले संयुक्त रूपमा गोदाम सिल गरेका हुन् ।

३ जना सञ्चालकहरूलाई प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आवश्यक अनुसन्धानको लागी जिम्मा लगाएको छ । गोदाम सञ्चालकहरूले बजारमा चलेका ३१ वटा कम्पनीको खाली बोरामा प्याक गरेर कमसल चामल बजारमा पठाउने गरेको भेटिएको छ ।

मनमैजुमा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५ सय १६ बोरा चामल र १ हजार ४३ बोरा चिउरा सहित गोदाममा सिल लगाएको छ । बलराम देवकोटा र गोपाल देवकोटाले सञ्चालन गरेको सो गोदाम कल्पना देवकोटाको नाममा दर्ता रहेको भेटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.