भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरू दिनप्रतिदिन बढ्दै

नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरू दिनप्रतिदिन बढ्दै

काठमाडौं । नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरू दिनप्रतिदिन बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ को वैशाखमा १४ लाख ७१ हजार टुजी’ प्रयोगकर्ता रहेकोमा माघसम्म आइपुग्दा ३२ लाख ६५ हजार प्रयोगकर्ता पुगेको देखिएको हो ।

विश्व दुनियाँ ‘सिक्स जी’मा रमाइरहेका बेला ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको हो। दूरसञ्चार प्राधिकरणका अधिकारीहरूका अनुसार टुजी प्रयोगकर्ता नेपालको ग्रामीण भेगमा धेरै रहेको पाइएको हो ।

वैशाखदेखि माघसम्म मात्रै टुजी’ का प्रयोगकर्ता १७ लाख ९३ हजारले थपिएको तथ्यांकले प्रष्ट देखाएको छ । फोर जीका प्रयोगकर्ता २ करोड ५१ लाख प्रयोगकर्ता छन्। विश्वमा द्रुत गतिको मोबाइल इन्टरनेट ‘फाइभ जी’ को व्यावसायिक सेवा शुरु भएको पाँच वर्ष बितिसकेको छ।

माघसम्मको तथ्यांक हेर्ने हो भने नेपालमा टुजी भन्दा थ्री जी चलाउनेहरूको संख्या कम रहेको छ । ९ लाख २० थ्री जीका प्रयोगकर्ता छन् । सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भइरहेको टुजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ।

 


Thali Mobile Pvt.Ltd.