भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री देउवाले दिए इद उल फित्रको शुभकामना

प्रधानमन्त्री देउवाले दिए इद उल फित्रको शुभकामना

काठमाडौं । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् ।

धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता पहिचान भएको उल्लेख गर्दै धर्म उनले शुभकामना सन्देशमार्फत , संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र सम्वर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए ।

राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र सम्वर्द्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे‍ ।

 


Thali Mobile Pvt.Ltd.