भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

जहाज दुर्घटनाः चार जनाको शव निकालियो

जहाज दुर्घटनाः चार जनाको शव निकालियो

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य जहाजबाट चार जनाको शव निकालिएको छ । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रम जारी छ । दुर्घटनापछि उद्धार जारी छ । विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन ।

नजिकका घरहरूमा पनि क्षति पुगेको छैन । बुधबार विहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको हो । पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

चालक दलका सदस्यसहित १९ जना रहेको उनको भनाइ छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.