भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

इरानमा दुई वर्षपछि पहिलो सार्वजनिक मृत्युदण्डको सजाय

इरानमा दुई वर्षपछि पहिलो सार्वजनिक मृत्युदण्डको सजाय

पेरिस, । इरानले शनिबार दुई वर्षमा पहिलो पटक सार्वजनिक मृत्युदण्ड दिएको छ । इस्लामिक गणतन्त्रमा यसलाई ‘मध्यकालीन’ अभ्यासको सज्ञा दिँदै बढ्दो दमनप्रति एक इरानी गैरसरकारी संस्थाले चासो चिन्ता व्यक्त गरेको छ । दक्षिणी शहर शिराजमा २०२२ फेब्रुअरीमा एक प्रहरी अधिकारीको हत्यामा दोषी ठहर भएका इमान सबजिकरलाई अपराधको घटनास्थलमै बिहानै फाँसी दिइएको नर्वेस्थित गैरसरकारी संस्था, इरान ह्युमन राइट्सले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

रिपोर्टअनुसार इरानी राज्य सञ्चार माध्यमले सार्वजनिक रूपमा मृत्युदण्डको रिपोर्ट गरेको हो । दोषीलाई सबजिकरको रूपमा चिनाइएको छ । सार्वजनिक रूपमा झुण्ड्याएर दिइएको मृत्युदण्डको यो महिनाको सुरुतिर सर्वोच्च अदालतले पुष्टि गरेको छ । आईएचआरका निर्देशक महमूद अमिरी–मोघड्डमले भने, “सार्वजनिक ठाउँमा यो क्रुर सजाय पुनः लागू हुनुको उद्देश्य मानिसहरूलाई विरोध प्रदर्शन गर्नदेखि डर र धम्की दिनु हो । विशेष गरी सार्वजनिक मृत्युदण्डको विरोधमा आवाज उठाएर मानिसहरूले त्यस्ता मध्यकालीन अभ्यासहरूलाई निरूत्साहित गर्नुपर्छ र अन्तरराष्ट्रिय समुदायले यसमा कडा अडान लिनु जरूरी छ ।”

मृत्युदण्डको दाबी गर्दै सामाजिक सञ्जालमा प्रेषित तस्वीरहरूमा मृत्युदण्ड दिइएको व्यक्तिको तस्बीर देखाइएको छ । इरानमा मृत्युदण्ड सामान्यतया जेलको पर्खालभित्र हुन्छ । अधिकारकर्मीको भनाइअनुसार विशेष गरी सुरक्षाकर्मीको सदस्यको हत्यापछि सार्वजनिक मृत्युदण्डलाई रोकथामका रुपमा प्रयोग गरीन्छ र समाजमा सुरक्षाकर्मी तथा सरकारी अधिकारीविरूद्ध आवाज उठाउन बन्देज लगाइन्छ ।

आईएचआरका अनुसार यसपहिले सन् २०२० जून ११ मा सार्वजनिक मृत्युदण्ड दिइएको थियो । प्रहरी अधिकृतहरूको हत्याको आरोपमा मृत्युदण्ड पाएका अन्य चार जनालाई पनि सोही सजाय हुनसक्ने एक प्रहरी अधिकारीले बताए । हालैका हप्ताहरूमा, आर्थिक संकटको सामना गरिरहेको इरानमा असामान्य विरोध प्रदर्शन हुन थालेको र यसलाई नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक मृत्युदण्ड दिइएको भन्दै यो अभ्यास सही नभएको अधिकारकर्मीले जनाएका छन् ।

सन् २०२१ को तुलनामा सन् २०२२ को पहिलो छ महिनामा मृत्युदण्ड दिइनेको संख्या दोब्बर भएको आईएचआरले जनाएको छ । सरकारी गलत गतिविधिप्रति असन्तुष्ट भई आन्दोलनमा सहभागी चर्चित चलचित्र निर्देशक तथा अन्य बुद्धिजीवीहरूलाई यहाँको प्रशासनले पक्राउ गरी झुट्ठा मुद्दा लगाएको अधिकारकर्मीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.