भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बाढी पीडितलाई तौडोलछापको ५० हजार आर्थिक सहयोग, १५ औं वार्षिक साधारण सभा सम्पन्न

बाढी पीडितलाई तौडोलछापको ५० हजार आर्थिक सहयोग, १५ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभा मनाएको छ । तौडोलछाप सामुदायिक बन उपभोक्ता समुहका सामुदायिक बन कर्मीहरुको पहलमा मासिक २५ रुपैया बाट २०६६ सालमा स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारण सभा मनाएको हो ।

50,000 financial support from Taudolchhap

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ जगातीमा कार्यालय रहेको उक्त संस्था सामुदायमा आधारित सुर्यविनायक नपा भरि कार्यक्षेत्र रहेको संस्था भएको अध्यक्ष दिपेन्द्र कुमार थापा बताउनुभयो । समुदायको मनमनमा बस्न र खरखाचोको एकमात्र नाम तौडोलछाप बनाउने लक्ष्य भएकाले यसै बर्ष व्यापक जनसमुदायमा यो सहकारी पुगेको कार्यबाहक व्यबस्थापक संजिब थापाको भनाई छ ।

तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाले यसै बर्ष आफ्नै जग्गा खरिद गरि भवन बनाउने लक्ष्य समेत राखेको छ । कार्यक्रममा सहकारी संस्थाले बिबिध बिधाका शेयर सदस्यहरु समेत सम्मान गरेको छ । संस्थाले उत्कृष्ठ बाल बचत कर्ता, उत्कृष्ठ तौडोलछाप बिशेष बचत कर्ता, उत्कृष्ठ ऋणि, उत्कृष्ठ कर्मचारी, बृद्व बचत कर्ता, उत्कृष्ठ नारी बचत कर्ताहरुलाई समेत सम्मान गरेको हो ।

तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा १७ जना रक्तदाताहरुले रक्तदान समेत गरेको सचिव राकेश थापाले जानकारी दिनुभयो ।

तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाले सामुदायिक उत्तरदायित्व अन्तरगत बाढी पीडिहरुको घाउमा मल्हम लगाउँन सुनपा ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतलाई सामुदायिक कोष अन्तरगत बाढी पीडित राहत कोषमा जम्मा हुने गरी रू ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

तौडोलछाप बचत तथा ऋण सहकारी संस्था समूदायमा आधारित सहकारी संस्था भएकाले यस्तो आक्रन्त र मन्दिको समयमा समेत नाफा कमाउन सफल अनि भरपर्दो र आम वचत कर्ताहरुको बिश्वासिलो संस्थाको रुपमा परिचित भएको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो ।

उहाँले तौडोलछाप बचत तथा ऋण सहकारी संस्थालले सधैभरी आफ्ना बचत कर्ताहरुको विश्वासलाई कायम राख्नेमा दुइमत नरहेको अध्यक्ष बस्नेतको तर्क गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.