भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

चाँगुनारायण नगरपालिका वडा नं.९ को नयाँ सुरुवात, वडा रत्न पदकबाट १० जना सम्मानित

चाँगुनारायण नगरपालिका वडा नं.९ को नयाँ सुरुवात, वडा रत्न पदकबाट १० जना सम्मानित

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीले वडा रत्न सम्मान प्रदान गरेको छ । वडा कार्यालयले पहिलोपटक सो सम्मान प्रदान गरेको हो । कार्यालयका अनुसार उक्त सम्मानबाट वडाका १० व्यक्ति सम्मानित भएका छन् ।

सम्मानित हुनेहरूमा शिक्षातर्फका शिक्षासेवी कृष्णराम बासुकला, वन तथा वातावरण क्षेत्रकी सावित्री बस्नेत, सञ्चार क्षेत्रका हरिसुन्दर छुकां, स्वास्थ्य क्षेत्र अन्तरगत ताथली हेल्थपोष्टका इन्चार्ज हरिनारायण प्रसाद साह, कृषि क्षेत्रका रत्नबहादुर न्हेम्हाफुकी, पशुपालन क्षेत्रका कृष्ण न्हेम्हाफुकी, कला संस्कृति क्षेत्रका विजयराम बनमाला, पुष्पखेतीतर्फ रामेश्वर बासी, स्थानीय उत्कृष्ट कर्मचारीमा पुष्पराम लिवि र उपभोक्ता समितितर्फ रामप्रसाद न्हेम्हाफुकी रहेका छन् ।

उनीहरूलाई चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यात तथा वडा सदस्यहरू कमला गिरी, सुमित्रा दर्जी, विद्यापति थापा र रबिन बासुकलाले सम्मान पत्र, दोसल्ला र मायाको चिनोका साथ सम्मान गरेका थिए । विभिन्न क्षेत्रमा रहेर आफ्नो ठाउँको विकास र सम्मुनतिका लागि विशेष योगदान दिएका ती व्यक्तिहरूको कामको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष गणेश त्यातले बताए ।

चाँगुनारायण नगरपालिका वडा नं.९ को नयाँ सुरुवात, वडा रत्न पदकबाट १० जना सम्मानित

सम्मानितहरूमध्ये ताथली हेल्थपोष्टका इन्चार्ज हरिनारायण प्रसाद साह र चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकांले वडाको सो कामले वडावासीमा नयाँ उर्जा प्राप्त हुने जनाउँदै सो कार्यलाई निरन्तरता दिन सुझाव दिए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट सरूवा भएका वडा सचिव पुष्पराम लिविले वि। सं। २०५५ सालदेखि कार्यरत रहँदाका अनुभव सुनाएका थिए । सोही कार्यक्रममा ज्येष्ठ नागरिकलाई भजन सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य रबिन बासुकला, वडा सचिव राधाकृष्ण गेलाल तथा चाँगुनारायण नगरपालिका वडा नं ९ बाट सरूवा भएका इन्जिनियरद्वय अन्जनकुमार दुलाल र रश्मि मचामसीले पनि आफ्नो अनुभव सुनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.