भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

पर्यटक बढेपछि नेपालगञ्जबाट कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

पर्यटक बढेपछि नेपालगञ्जबाट कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

बाँके । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्म हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घ संस्थाको पहलमा उडान सुरू भएको हो ।

अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा उडानमा समस्या भएको गसनासो छ । भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी केशव न्यौपानेले विश्वास व्यक्त गरे ।

उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको पर्यटन व्यवसायी डा ओम मिश्रले बताए ।

उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

कैलाश मानसरोवरका लागि आफूले सकेजति योगदान गर्ने आश्वासन दिँदै कम खर्चमा मानसरोवर पुग्न पाएकामा भारतीय नागरिक खुसी भएको पर्यटन व्यवसायी विकास मिश्रले बताए ।

पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने भएकाले यो सेवा सहज भएको व्य वसायीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.