भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सघन बसोबास रहेको क्षेत्रमा आक्रमण गर्दा ७० जनाको मृत्यु,कैयौँ मानिस घाइते

सघन बसोबास रहेको क्षेत्रमा आक्रमण गर्दा ७० जनाको मृत्यु,कैयौँ मानिस घाइते

एजेन्सी । गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा इजरायलको हवाइ आक्रमणमा ७० जनाको मृत्यु भएको छ। आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ मानिस घाइते भएको बताइएको छ।

सघन बसोबास रहेको क्षेत्रमा आक्रमण गर्दा ७० जनाको मृत्यु भएको घाइतेलाई नजिकैको अल–अक्सा अस्पताल लैजाँदै गरेका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गरेयता इजरायलले सुरु गरेको हवाई तथा स्थल आक्रमणमा गाजापट्टीमा हालसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ भने ५४ हजार घाइते भएका छन्।

यीमध्ये धेरै बालबालिका रहेको जनाइएको छ। इजरायलको आक्रमणमा तीनवटा आवसीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.