काठमाडौं । धनुषाबाट आठ थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका हुन । ९ जना फरार थुनुवा मध्ये एक जना थुनुवा पक्राउ परेका छन् ।
सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ । फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको धनुषा प्रहरीले जनाएको छ ।
फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार झा छन्।
यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर (नाबालक) पनि फरार भएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २ असार । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको छ। उनी केही...
काठमाडौँ, २ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलस्थित Level Up Enterprises नामक कम्पनीले चीनबाट आयात गरेको ७४ पोका ब्रान्डेड सनग्लास, लेडिज टप्स लगायतका सामानमा अनियमितता उजागर भएको...
महोत्तरी, २ असार। मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले...
म्याग्दी, २ असार । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक ९मार्ग० जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको...