भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक नाबालक सहित ८ जना थुनुवा धनुषा प्रहरी हिरासतबाट भागे

एक नाबालक सहित ८ जना थुनुवा धनुषा प्रहरी हिरासतबाट भागे

काठमाडौं । धनुषाबाट आठ थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका हुन । ९ जना फरार थुनुवा मध्ये एक जना थुनुवा पक्राउ परेका छन् ।

सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ । फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको धनुषा प्रहरीले जनाएको छ ।

फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार झा छन्।

यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर (नाबालक) पनि फरार भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.