भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन लाखभन्दा बढी विस्थापित

तीन लाखभन्दा बढी विस्थापित

मोगादिसु । सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले अगस्टमा मात्रै २३ हजार आन्तरिक विस्थापन भएको र तीमध्ये ४३ प्रतिशत द्वन्द्व, असुरक्षा, बाढी वा खडेरीका कारण भएको बताएको छ ।

बारी, खाडी, मध्य जुबा, गेडो र तल्लो जुबा क्षेत्रहरूले सबैभन्दा धेरै आन्तरिक विस्थापितहरूको आगमन रिपोर्ट गरेका छन् । यो कूल विस्थापितको ६६ प्रतिशत हो । युएनएचसीआरले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको पछिल्लो परिचालन अपडेटमा भनेको छ ।

उच्च संरक्षण जोखिममा रहेका महिला र बालबालिका विस्थापित जनसङ्ख्याको ८० प्रतिशत छन् । यसले सोमालियामा असुरक्षाका लागि योगदान गर्ने प्रमुख कारकहरू सोमाली सुरक्षा बल र अल–शबाब बीचको सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र आतङ्ककारीहरूले गरेको अन्धाधुन्ध आक्रमणहरू रहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.