भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

काठमाडौंको हाडीगाउँबाट दोलखाका घिमिरे पक्राउ, ८० वर्षे बद्धको हत्या गरेको आरोप

काठमाडौंको हाडीगाउँबाट दोलखाका घिमिरे पक्राउ, ८० वर्षे बद्धको हत्या गरेको आरोप

दोलखा । दोलखाका झिल्क बहादुर खातीको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । दोलखाको भीमेश्वर नगरपालिका वडा नं १ क्षेमावती बस्ने खातीको हत्यामा संलग्न वर्ष ५२ का गणेश घिमिरेलाई काठमाडौंको हाडीगाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरे खातीको छिमेकी हुन । ८० वर्षिय खातीको हत्या सापटि लिएको २ लाख रुपैयाँ नतिर्ने उदेश्यले भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) युवराज सडकाले जानकारी दिए । घिमेरे देवाली मनाउन दोलखा घर गएको वेला देवाली सकिए लगतै जेठ १७ गते उनको हत्या गरी भोलिपल्ट काठमाडौं पुगिसकेको र खातीको खोजी गरिरहेको प्रहरीले २० गते लाश भेटेसंगै अनुसन्धान थालेको थियो ।

खातीलाई घिमिरेले किला निकाल्ने हथौडा हिर्काएर हत्या गरेको अनुसन्धानबाट खुलेको दोलखा प्रहरीले जनाएको छ । उनको मृत्युको खबर बाहिर आएसंगै समाजसेवी डिल्ली बराइलीले खातीको स्वभाविक मृत्य नभई हत्या भएको भन्दै प्रहरी प्रशासनलाई छानविन गर्न माग गरेका थिए ।

उनले हत्यारा जो कोही भए पनि पत्ता लगायरै छोड्ने र कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता गरे अनुसार दोलखा प्रहरीले निश्पक्ष छानविन गरि पक्राउ गरेको बताए । प्रहरीको सफलताले ८० वर्षिय बृद्धले न्याय पाउँनेमा आफू ढुक्क रहेको बराइलीको भनाई छ ।
दोलखा प्रहरीको सक्षम नेतृत्वले मिहिन ढंगले गरेको अनुसन्धानका कारण खातीको हत्या आरोपमा घिमिरेलाई पक्राउ गर्न सफल भएको स्थानीयले जनाएका छन् ।

त्यसै गरि दोलखा प्रहरीले भीमेश्वरमै दश दिनमा २ वटा हत्या भएको जनाउँदै अर्को घटनामा दुईजनालाई पक्राउ गरेको छ । भीमेश्वर नगरपालिकाकै वर्ष ३५ को राजु बस्नेको हत्याआशंकामा दुई जनालाई पक्राउ गरेको हो । भीनपा ५ चरंगे खोलामा पौडी खेल्न जाँदा घाटी थिचेर मानिमा डुवाएर मारेको अभियोगमा रामकृष्ण घिमिरे र उज्जव रिजाल (विक) लाई पक्राउ गरेको दोलखा प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.