भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सांसद रोशन कार्कीको प्रधानमन्त्रीलाई सुझावः उथलपुथल नमच्चाउनुस् बरु राजीनामा दिनुस्

सांसद रोशन कार्कीको प्रधानमन्त्रीलाई सुझावः उथलपुथल नमच्चाउनुस् बरु राजीनामा दिनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताएकी हुन्।

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएकी छिन् । ‘हाम्रा सहयोगीहरू बाहिर आन्दोलनमा प्लेकार्ड बोकेर बसेका छन्’, उनले भनिन्, ‘चारैतिर आन्दोलन छ कतै केही छैन । अति भयो यो उथलपुथल नमच्चाउनुस् बरु राजीनामा दिनुस् ।’

उनले कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनीहरुमाथि अन्याय गर्नु नहुने बताइन्। उनले कर्मचारीहरुको माग पूरा गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्।

 

 


Thali Mobile Pvt.Ltd.