भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कागतीखेतीमा रमाएका सिभिल इन्जिनियर

कागतीखेतीमा रमाएका सिभिल इन्जिनियर

दाङ । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनी सिभिल इन्जिनियर हुन्। अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका लामो समय बसेका उनी दुई वर्षदेखि पुर्ख्यौली थलोमा व्यावसायिक कागतीखेतीमा रमाएका छन्।

उनले गत वर्ष पर्वतबाट सुन कागतीका बिरुवा ल्याएर रोपेका थिए। गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न शुरु गरेका छन्। ‘सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ’, उनले भने।

बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको उनले बताए। आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त छन् उनी । सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले पर्वतबाट ल्याएको उनी बताउँछन्। लोहनी बताउनुहुन्छ ।

कागतीखेतीका लागि आवश्यक प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिएका छन्। कागतीलाई बढाउँदै लग्ने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक तीन हजार तिर्ने गरेको बताए। सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्‍याउने व्यवस्था गरेका छन्।

विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लागेका लोहनी तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउँछन्। त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उनको भनाइ छ।

अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गरेका लोहनी आफ्नै पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको बताउँछन्।

अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उनी बताउँछन्। रासस

 


Thali Mobile Pvt.Ltd.