भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

वासिंगटन नेशनल एयरपोर्ट नजिकै यात्रु बाकेको विमान हेलिकोप्टरसंग ठोक्कियो

वासिंगटन नेशनल एयरपोर्ट नजिकै यात्रु बाकेको विमान हेलिकोप्टरसंग ठोक्कियो

एजेन्सी । अमेरिकामा यात्रु बाकेको विमान हेलिकोप्टरसंग ठोक्किएको छ । अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको हो ।

स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको सङ्घीय उड्डयन प्रशासनले जनाएको छ । आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको जनाइएको छ ।

विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ । घटनापछि रेगन विमानस्थलले सबै उडान तत्कालका लागि बन्द गरेको छ ।

विमानस्थलको धावनमार्गतिर जाँदै गरेको अवस्थामा विमान अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको हो । सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए ।

विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ । हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.