भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वासिंगटन नेशनल एयरपोर्ट नजिकै यात्रु बाकेको विमान हेलिकोप्टरसंग ठोक्कियो

वासिंगटन नेशनल एयरपोर्ट नजिकै यात्रु बाकेको विमान हेलिकोप्टरसंग ठोक्कियो

एजेन्सी । अमेरिकामा यात्रु बाकेको विमान हेलिकोप्टरसंग ठोक्किएको छ । अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको हो ।

स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको सङ्घीय उड्डयन प्रशासनले जनाएको छ । आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको जनाइएको छ ।

विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ । घटनापछि रेगन विमानस्थलले सबै उडान तत्कालका लागि बन्द गरेको छ ।

विमानस्थलको धावनमार्गतिर जाँदै गरेको अवस्थामा विमान अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको हो । सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए ।

विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ । हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.