भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

एजेन्सी । भारतको कुम्भ मेलामा ज्यान गुमाउँनेको संख्या ३० पुगेको छ । भारतको प्रयागराजमा भइरहेको उक्त मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको हो ।

यही जनवरी १३ देखि शुरू भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड जनाले गङ्गामा स्नान गरेको अनुमान छ । घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएको प्रहरी प्रशासनले जनाएको छ ।

मेलामा गएका परिवारका सदस्य र आफन्त नभेटिँदा भागदौडबाट प्रभावित भक्तजनले कुम्भ मेलाको व्यवस्थापनमाथि प्रश्न उठाइरहेका छन् ।

माघ कृष्ण औँसीका अवसरमा अमृत स्नानका लागि १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । मंगलबार राति नै प्रयागराजको सङ्गमस्थानमा एकाएक भागदौड मच्चिएपछि स्थानीय प्रशासनले अमृत स्नान रद्द गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.