भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

घरमाथिबाट आएको पहिरोमा परी पोखरामा एक युवकको ज्यान गयो

घरमाथिबाट आएको पहिरोमा परी पोखरामा एक युवकको ज्यान गयो

काठमाडौं । कास्कीमा एक युवकको ज्यान गएको छ । निरन्तर वर्षापछिको पहिरोले घर बगाउँदा एक युवकको ज्यान गएको हो । कच्ची घर माथिबाट आएको पहिरोमा परी युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२७ सहेलपाटामा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बुधबार बिहान ४ बजेतिर घरमाथिबाट आएको पहिरोले घर बगाउँदा उनको मृत्यु भएको हो । घरमूली मनबहादुर थापा घरमा नरहेकाले सुरक्षित रहेको र नेपाल प्रहरी र स्थानीयले बुधबार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन्।

 


Thali Mobile Pvt.Ltd.