भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

एक सय ५० बढी जँगलमा आगोलागी

एक सय ५० बढी जँगलमा आगोलागी

नवलपरासी । पूर्बी नवलपरासीमा फैलिएको आगो अहिले एक सय ५० बढि स्थानमा फैलिएको छ । सोमबार दिउँसो देखि फैलिएको आगो जिल्लाका आठै पालिकाका जँगलमा फैलिएको हो ।

पूर्ब पश्चिम राजमार्ग जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिगँटार, बौदीकाली गाउँपालिकाको ८० बढि जँगलमा दन्कीरहेको बुलिगँटार गाउँपालिका वडा नँ ३ का पूर्ब वडाध्यक्ष यमबहादुर झेँडी मगरले बताए ।

कालीगण्डकी करिडोरको ढोडँनी, भोक्रोफाँट, गडाम्दी, कोटथर, डाडाँझेरी बुलिगँटार हुदै बौँदीकालीका सबै जगँलमा आगो फैलिएको जिल्ला बन डिभिजनल कार्यालयका सूचना अधिकृत गञ्जन गहतराजले बताए ।

पहाडी क्षेत्रमा फैलिएको आगोलागीबाट मानबीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरि सम्भाबित घटनाबाट बचाउन आबश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.