भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगलागीका घटनामा बृद्धि, पाइप जल्दा कुश्मा बजारमा पानी आपूर्ति बन्द भएपछि बजारबासी मर्कामा

आगलागीका घटनामा बृद्धि, पाइप जल्दा कुश्मा बजारमा पानी आपूर्ति बन्द भएपछि बजारबासी मर्कामा

पर्वत । तापक्रम बृद्धिसंगै पछिल्लो समय अथवा सुख्खा मौसममा आगलागीका घटनाहरु बढिनै हुने गरेका छन् । पाल्पा, गुल्मी लगायतका जिल्लामा भएका आगलागिका घटनाले चिन्तीत नै तुल्याएको छ भने पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति वन्द भएको छ।

कुश्मा नगरपालिका–२ खुर्कोटस्थित क्यादी खोलाबाट ल्याइएको खानेपानी योजना कुश्मामा आउने पानीको प्रमुख स्रोत हो। बर्खा याममा प्रति सेकेण्ड ३५ लिटरसम्म पानीको आपूर्ति हुने गरेको यो योजनाबाट आउने पानी पूर्णरूपमा वन्द भएको छ। वन क्षेत्रको कतिपय भागमा अझै पनि धुवाँ उडिरहेको देखिएको भए पनि धेरै ठाउँमा भने वन सखाप भएको जनाइएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ र वडा नं. ८ चुवाको सिमानाबाट गत आइतबारदेखिको आगलागीले विशाल रूप लिँदा वन क्षेत्रबाट नै कुश्मामा भित्रिएको पानीको योजनामा क्षति पुगेको हो । कुश्मा बजारबाट देखिने फराकिलो वन क्षेत्र लगभग सखाप बनेको अवस्थामा पानीको लाइनमा कति क्षति भयो भन्ने यकिन नै भएको छैन।

तर वनमा डढेलोले विशाल रूप लिँदासाथ कुश्मामा पानीको आपूर्ति वन्द भएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कुस्माले जनाएको छ । पानी आपूर्तिको लागि राखिएका चार ठुला ट्याङ्कीमा क्यादी खोला र पाती खोला दुवै तर्फको मुहानबाट दैनिक २६ लाख लिटरसम्म पानी आउने गरेको छ। बजारमा संस्थामार्फत दुई हजार ५०० भन्दा बढी धारा जडान गरिएका छन्।

 


Thali Mobile Pvt.Ltd.