भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

आगलागीका घटनामा बृद्धि, पाइप जल्दा कुश्मा बजारमा पानी आपूर्ति बन्द भएपछि बजारबासी मर्कामा

आगलागीका घटनामा बृद्धि, पाइप जल्दा कुश्मा बजारमा पानी आपूर्ति बन्द भएपछि बजारबासी मर्कामा

पर्वत । तापक्रम बृद्धिसंगै पछिल्लो समय अथवा सुख्खा मौसममा आगलागीका घटनाहरु बढिनै हुने गरेका छन् । पाल्पा, गुल्मी लगायतका जिल्लामा भएका आगलागिका घटनाले चिन्तीत नै तुल्याएको छ भने पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति वन्द भएको छ।

कुश्मा नगरपालिका–२ खुर्कोटस्थित क्यादी खोलाबाट ल्याइएको खानेपानी योजना कुश्मामा आउने पानीको प्रमुख स्रोत हो। बर्खा याममा प्रति सेकेण्ड ३५ लिटरसम्म पानीको आपूर्ति हुने गरेको यो योजनाबाट आउने पानी पूर्णरूपमा वन्द भएको छ। वन क्षेत्रको कतिपय भागमा अझै पनि धुवाँ उडिरहेको देखिएको भए पनि धेरै ठाउँमा भने वन सखाप भएको जनाइएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ र वडा नं. ८ चुवाको सिमानाबाट गत आइतबारदेखिको आगलागीले विशाल रूप लिँदा वन क्षेत्रबाट नै कुश्मामा भित्रिएको पानीको योजनामा क्षति पुगेको हो । कुश्मा बजारबाट देखिने फराकिलो वन क्षेत्र लगभग सखाप बनेको अवस्थामा पानीको लाइनमा कति क्षति भयो भन्ने यकिन नै भएको छैन।

तर वनमा डढेलोले विशाल रूप लिँदासाथ कुश्मामा पानीको आपूर्ति वन्द भएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कुस्माले जनाएको छ । पानी आपूर्तिको लागि राखिएका चार ठुला ट्याङ्कीमा क्यादी खोला र पाती खोला दुवै तर्फको मुहानबाट दैनिक २६ लाख लिटरसम्म पानी आउने गरेको छ। बजारमा संस्थामार्फत दुई हजार ५०० भन्दा बढी धारा जडान गरिएका छन्।

 


Thali Mobile Pvt.Ltd.