भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आँखा जचाउन आग्रह

आँखा जचाउन आग्रह

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ ।

प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।

 


Thali Mobile Pvt.Ltd.