आन्दोलनकारीले सर्वोच्च अदालत घेरे,पछि प्रधानन्यायाधीशद्वारा राजीनामा

आन्दोलनकारीले सर्वोच्च अदालत घेरे,पछि प्रधानन्यायाधीशद्वारा राजीनामा image

बंगलादेश । आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि प्रधानन्यायाधीशले राजीनामा दिएका छन् । प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका हुन् ।

शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएका थिए । अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरे ।

अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए । हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको जिकिर गरे ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.