भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

स्व. कार्कीको १७ औं स्मृति दिवस: कांग्रेसले १० करोड राशीको अक्षय कोष स्थापना गर्ने

स्व. कार्कीको १७ औं स्मृति दिवस: कांग्रेसले १० करोड राशीको अक्षय कोष स्थापना गर्ने

भक्तपुर । समाजसेवी स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रजातन्त्रका सेनानी र शहिद परिवारकाे योगदानको महत्व बुझ्न नेपाली कांग्रेसले १० करोड रासीको अक्षय कोष स्थापना गर्ने बताएका छन् ।

सेनानीका सन्तानले स्वास्थ्य र शिक्षाबाट वञ्चित हुन नपराेस भनेर अक्षयकोष स्थापना गरिन लागेका जानकारी दिए ।महामन्त्री थापाले पार्टी कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका योद्वा, प्रजातान्त्र सेनानीका सामाग्री समेटिने धारणा राखे ।

हाल धेरैजस्तो युवाहरुमा विदेश जाने ट्रेन्ड बढिरहेको भन्दै महामन्त्री थापाले युवा विदेशिनुलाई मात्रै नराम्रो भन्न नमिल्ने बताए । थापाले भने,  ‘नेपालमा राम्रो केही छैन भन्ने भाष्य निर्माण गरेर अस्थिरता निम्त्याउने प्रयास भइरहेको छ । मानिसहरुमा देश सक्किसक्यो, हामी भत्किसक्यौं, हामी मक्किसक्यौं । सबै नराम्रो मात्र हुँदैछ, वास्तवमा त्यस्तो छैन । सबै नराम्रो मात्र भएको छैन । राम्रा काम पनि भएका छन । हामीले सोचेअनुसार प्रगती गर्न सकेनौं तर त्यसो भन्दैमा हामी सक्किसक्यौं, मक्किसक्यौं भन्न चाहिँ मिल्दैन ।”

कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शुरज चन्द्र लामिछाने, कांग्रेस नेता रामप्रसाद दवाडी, प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्की, कांग्रेस भक्तपुर सभापति एवं संघीय सांसद दुर्लभ थापालगायतले स्वर्गिय कार्कीको योगदानको चर्चा गरे ।

स्मृति दिवसकै अवसरमा गणेश आधारभुत बिधालयका १०८ जना विद्यार्थीलाई स्टेशनरी समान, व्यागलगायत स्टेशनरी सामान बितरण गरिएको थियो । स्व. श्यामबहादुर स्मृति दिवसकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटीको समन्वयमा गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा महिला पुरुष गरी कुल ८८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमाणपत्र वितरण गरिएकाे थियो ।

 


Thali Mobile Pvt.Ltd.