भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा घर बगाउँदा तीन जनाको मृत्यु

बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा घर बगाउँदा तीन जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको र घटनामा सात जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन्।

सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ। बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ। बाढीले घर बगाउँदा घाइते हुभएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.