भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेको कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।

सोही अनुसार जहाज सकुशल अवतरण भएको हो। अहिले जहाजको प्राविधिक जाँच गरेको छ । जहाज साँझ ६ बजेतिर अवतरण गरेको उनको भनाइ छ ।

नियमित उडानकै बेला जहाज सकुशल अवतरण भएको र इन्डिकेसनमा समस्या देखिँदा प्राथमिकताका साथ जहाज अवतरण गराउनु उडान सुरक्षा ‘प्रोटोकल’ भित्रकै काम भएको धारणा अधिकारीको छ ।

 


Thali Mobile Pvt.Ltd.