काठमाडौं । मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ । अन्तरवार्ताका क्रममा पत्रकार जर्ज स्टेफानोपौलोसले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार रहेको भनी झुटो बोलेको मानहानी मुद्दा परेको थियो ।
त्यसका लागि टेलिभिजनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सो रकम तिर्नुपर्ने भएको हो । अन्तर्वार्ताका क्रममा जर्जले यसै वर्षको १० मार्चमा टम्पकी समर्थक सांसदलाई चुनौती दिंदै बारम्बार सो कुरा दोहोर्याएको अभियोग लगाइएको थियो ।
एबिसी टेलिभिजनले अन्तर्वार्तामा सोधिएको सो अभियव्यक्ति प्रति खेद प्रकट गरेको छ । जरिवाना बापतको रकम अमेरिकी राष्ट्रपतिहरुले स्थापना गरेको परोपकारी संस्थामा जानेछ । साथै ट्रम्पले कानुनी लडाईका लागि खर्च गरेको १० लाख डलर पनि एबिसी टेलिभिजनले उनलाई दिन सहमत भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनःनिर्माण यात्रा एक दशकमा प्रवेश गरेको सन्दर्भमा “पुनःनिर्माणको एक दशकको पुनरावलोकन” तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक...
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत महिनासम्म समग्र आम्दानीमा ६।२ प्रतिशतको वृद्धि गरेको छ। यस वर्ष चैत मसान्तसम्मको आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको...
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले एक नया संकटको मोडमा पुगेको छ। जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणले दुई परमाणु शक्ति सम्पन्न देशहरूको बीचमा तनावलाई अझ चर्काएको छ।...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकमा सघन उपचार...