भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एबिसी टेलिभिजनले १ करोड ५० लाख डलर जरिवाना तिर्ने

एबिसी टेलिभिजनले १ करोड ५० लाख डलर जरिवाना तिर्ने

काठमाडौं । मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ । अन्तरवार्ताका क्रममा पत्रकार जर्ज स्टेफानोपौलोसले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार रहेको भनी झुटो बोलेको मानहानी मुद्दा परेको थियो ।

त्यसका लागि टेलिभिजनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सो रकम तिर्नुपर्ने भएको हो । अन्तर्वार्ताका क्रममा जर्जले यसै वर्षको १० मार्चमा टम्पकी समर्थक सांसदलाई चुनौती दिंदै बारम्बार सो कुरा दोहोर्‍याएको अभियोग लगाइएको थियो ।

एबिसी टेलिभिजनले अन्तर्वार्तामा सोधिएको सो अभियव्यक्ति प्रति खेद प्रकट गरेको छ । जरिवाना बापतको रकम अमेरिकी राष्ट्रपतिहरुले स्थापना गरेको परोपकारी संस्थामा जानेछ । साथै ट्रम्पले कानुनी लडाईका लागि खर्च गरेको १० लाख डलर पनि एबिसी टेलिभिजनले उनलाई दिन सहमत भएको छ ।

 


Thali Mobile Pvt.Ltd.