भर्खरै : Sorry, your browser does not support inline SVG.

किसानको बक्यौता तिर्न झन्डै दुई अर्ब रुपैयाँ निकासा, किसानले रकम दशैँअघि नै पाउने

किसानको बक्यौता तिर्न झन्डै दुई अर्ब रुपैयाँ निकासा, किसानले रकम दशैँअघि नै पाउने

काठमाण्डौ । आठ वटा जिल्लाका उखु किसानले पाउनुपर्ने एक अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि सम्बन्धित जिल्लामा पठाएको छ । दूध तथा उखु किसानको बक्यौता तिर्न झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको हो ।
कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने बाँकी अनुदानको रकम सम्बन्धित जिल्लालाई पठाएको हो ।

सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम बाँडफाँट स्वीकृत पाएको छ । योसँगै उखु किसानले अनुदानबापत पाउनुपर्ने रकम दशैँअघि नै पाउने भएका छन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी आज सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

दूधको बाँकी भूक्तानीका लागि प्रक्रिया पूरा भएको र सरकारले ऋणबापत दिएको ६० करोड रुपैयाँ दशैँअघि नै वितरण शुरू हुने डीडीसीले जनाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध तथा उखु किसानलाई दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता गर्दै आउनुभएको थियो ।

त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव यसअघि नै स्वीकृत भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.