भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

मुख्य चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

मुख्य चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले मुख्य चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । घटना र चुनौतीलाई कम गर्न झन्डै चार हजार जनाको सङ्ख्यामा प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

कुनै पनि घटनाको सूचना पाएको ५ देखि १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र बृहत् प्रतिकार्य पूरा गरिने प्रहरीले जनाएको छ । मुख्य पर्व दशैँ, तिहार र छठमा हुने सुरक्षा चुनौतीको आँकलन गरी त्यसैअनुसारको कार्ययोजना बनाएको प्रहरीको भनाइ छ ।

स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाण्डौमा खाली हुने घर, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार भएको छ ।

चोरी, लुटपाट, तस्करी, जुवातास, जाँड–रक्सी खाने र बिक्री गर्नेसहित यात्रुबाट बढी भाडा असुली, आगलागीजस्ता घटना हुनसक्ने प्रहरीको आँकलन रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.