भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सूर्यविनायकमा स्कुटर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु

सूर्यविनायकमा स्कुटर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु तीन धारेमा मंगलबार स्कुटर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

कटुन्जे सुवर्णेश्वरबाट काठमाडौ वल्ड स्कुलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प १७४८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१७ प ५०१२ नं को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा सूर्य विनायक नगरपालिका वडा नं ५ कटुन्जे बस्ने वर्ष २२ को राजाराम थापा मगरको मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर घाइते भई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अर्को स्कुटर चालक भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं ५ गुण्डु मगर गाउँ बस्ने वर्ष ४९ की पार्वती नगरकोटी घाइते भएको परिसरका सूचना अधिकृत राजन कार्कीले बताए । उनको मध्यपुर अस्पताल थिमि भक्तपुरमा उपचार भइरहेको परिसरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.