भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सूर्यविनायकमा स्कुटर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु

सूर्यविनायकमा स्कुटर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु तीन धारेमा मंगलबार स्कुटर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

कटुन्जे सुवर्णेश्वरबाट काठमाडौ वल्ड स्कुलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प १७४८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१७ प ५०१२ नं को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा सूर्य विनायक नगरपालिका वडा नं ५ कटुन्जे बस्ने वर्ष २२ को राजाराम थापा मगरको मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर घाइते भई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अर्को स्कुटर चालक भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं ५ गुण्डु मगर गाउँ बस्ने वर्ष ४९ की पार्वती नगरकोटी घाइते भएको परिसरका सूचना अधिकृत राजन कार्कीले बताए । उनको मध्यपुर अस्पताल थिमि भक्तपुरमा उपचार भइरहेको परिसरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.