भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रौतहटमा जन्ती बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । रौतहटको गढीमाईमा जन्ती बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको ६ धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बर एचआर ७ डी ८३८२ स्कोर्पियो नहरमा खस्दा दुई जना जन्तीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । बिहान ९ बजे अनियन्त्रित भई स्कोर्पियो नहरमा पल्टिएको थियो ।

उक्त गाडीमा १२ जना सवार थिए । ५ जना सकुशल रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन्।

 

 


Thali Mobile Pvt.Ltd.