भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेले नैतिकताको पाठ पढायोः प्रचण्ड

एमालेले नैतिकताको पाठ पढायोः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पढाएको भन्दै आपत्ति जनाए ।

उनले अल्पमतमा परिरेको बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए ।

‘ती साथीहरुलाई यति भन्न चाहन्छु, यो संविधानको माओवादी केन्द्रको सबभन्दा ठूलो लगानी छ । त्यसले यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन दिने पनि छैन,’ प्रचण्डले भने ।

उनले आक्रोशपूर्वक भने, ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको हो, आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

 


Thali Mobile Pvt.Ltd.