भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

उनलाई गण्डकी मेडिकल कलेजमा पठाइएकोमा आज चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले हाइलक्स गाडी चालक बर्दियाको ठाकुरबाबा नगरपालिका ८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.