सर्भरमा आएको समस्याले विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा समस्या

सर्भरमा आएको समस्याले विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा समस्या image

काठमाडौं । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सर्भरमा आएको समस्याका कारण विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा एकैसाथ समस्या आएको बताएको छ । माइक्रोसफ्टले यो घटनालाई इतिहासको सबैभन्दा खराब घटना भनेको बीबीसीले जनाएको छ ।

यो समस्या क्राउडस्ट्राइक भनिने सुरक्षा कम्पनीबाट भएको हो । जसले आफ्ना ठूलो सङ्ख्याका ग्राहकलाई एउटा खराब खालको सफ्टवेर अपडेट पठाएको थियो । समस्याबाट प्रभावित हुने कम्प्युटरको सङ्ख्या माइक्रोसफ्ट प्रयोगकर्ताको झन्डै एक प्रतिशत मात्रै रहेको भए पनि यसले विश्वभरका महत्वपूर्ण सेवालाई प्रभाव पारेको छ ।

यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवासमेत प्रभावित भएका थिए । यस्तै माइक्रोसफ्टले क्राउडस्ट्राइकलाई पठाउनु अघि सफ्टवेर अपडेटको गुणस्तरबारे भएको गुणस्तर परीक्षण के कारणले असफल भयो भन्ने बारेमा अध्ययन शुरु गरेको जनाएको छ । अहिले समस्या समाधान भइसकेको र कतै कुनैमा बाँकी रहेको भएमा पनि कम्पनीले उच्च प्राथमिकतामा काम गर्ने माइक्रोसफ्टले जनाएको छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda