भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सर्भरमा आएको समस्याले विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा समस्या

सर्भरमा आएको समस्याले विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा समस्या

काठमाडौं । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सर्भरमा आएको समस्याका कारण विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा एकैसाथ समस्या आएको बताएको छ । माइक्रोसफ्टले यो घटनालाई इतिहासको सबैभन्दा खराब घटना भनेको बीबीसीले जनाएको छ ।

यो समस्या क्राउडस्ट्राइक भनिने सुरक्षा कम्पनीबाट भएको हो । जसले आफ्ना ठूलो सङ्ख्याका ग्राहकलाई एउटा खराब खालको सफ्टवेर अपडेट पठाएको थियो । समस्याबाट प्रभावित हुने कम्प्युटरको सङ्ख्या माइक्रोसफ्ट प्रयोगकर्ताको झन्डै एक प्रतिशत मात्रै रहेको भए पनि यसले विश्वभरका महत्वपूर्ण सेवालाई प्रभाव पारेको छ ।

यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवासमेत प्रभावित भएका थिए । यस्तै माइक्रोसफ्टले क्राउडस्ट्राइकलाई पठाउनु अघि सफ्टवेर अपडेटको गुणस्तरबारे भएको गुणस्तर परीक्षण के कारणले असफल भयो भन्ने बारेमा अध्ययन शुरु गरेको जनाएको छ । अहिले समस्या समाधान भइसकेको र कतै कुनैमा बाँकी रहेको भएमा पनि कम्पनीले उच्च प्राथमिकतामा काम गर्ने माइक्रोसफ्टले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.