गुणस्तरमा ध्यान गएन सम्मानित त भए
सम्मानित भएकाहरु विदेशतिर गए
हजारौं विद्यार्थी युवा, दैनिक विदेशतिर
कुन बुद्धिमा खिया लाग्यो, नझुकेको शिर ?
ईराकमा मरेका लाशको, आँसु पुछिएन
नेपाली विदेशमा किन अझै बुझिएन
केही नेपाली रुस-युक्रेन केही गाँजामा मरे
कश्मीर युद्ध हुँदा पनि, नेपाली नै परे
कालापानी,लिपु लेक र सिमानका बासी
भोक, निन्द्रा, खुशी छैन, रोटी खान्छन् खोसी
रोग,भोक, चिन्ता,डर,त्रासमा जनता परे जालमा
नेपालीको जीवन वित्यो दु:ख आँसुको तालमा
बाढी, पहिरो, हावा हुरी पलपलमा भुइँचालो
मलमपट्टी नपाई रुन्छन्,घाउँ देखिन्छ आलो
स्वास्थ्य,शिक्षा कमजोर भयो,बेरोजगार बढ्दै छ
किसानले उत्पादन गर्छन्, मूल्य नाई सड्दैछ
करोडौं करछली हुन्छ, लाखौं हिनामिना
न्यायाधीशले विर्सिसके, उचित छिनोफाना
जग्गा बाँझो,खेत बाँझै छ, युवा जाँडको तलमा
ठूला माछा फुत्किजाने, सानै पर्ने जालमा
राजनीति बेमानी मात्र जालझेल र षड्यन्त्र
अर्कैले चलाईदिन लाग्यो राज्यको संयन्त्र
शैक्षिक संस्था होडबाजीमा कमाउदै रमाए
त्रिविले गिनिज बुकमा नाम समेत लेखाए
गुणस्तरमा घ्यान गएन,सम्मानीत त भए
सम्मानित भएकाहरु विदेशतिरै गए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले...
‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ । ‘भ’ अक्षरबाट...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...