भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सम्मानित भएकाहरु विदेशतिर गए

सम्मानित भएकाहरु विदेशतिर गए

गुणस्तरमा ध्यान गएन सम्मानित त भए
सम्मानित भएकाहरु विदेशतिर गए

हजारौं विद्यार्थी युवा, दैनिक विदेशतिर
कुन बुद्धिमा खिया लाग्यो, नझुकेको शिर ?
ईराकमा मरेका लाशको, आँसु पुछिएन
नेपाली विदेशमा किन अझै बुझिएन

केही नेपाली रुस-युक्रेन केही गाँजामा मरे
कश्मीर युद्ध हुँदा पनि, नेपाली नै परे
कालापानी,लिपु लेक र सिमानका बासी
भोक, निन्द्रा, खुशी छैन, रोटी खान्छन् खोसी

रोग,भोक, चिन्ता,डर,त्रासमा जनता परे जालमा
नेपालीको जीवन वित्यो दु:ख आँसुको तालमा
बाढी, पहिरो, हावा हुरी पलपलमा भुइँचालो
मलमपट्टी नपाई रुन्छन्,घाउँ देखिन्छ आलो

स्वास्थ्य,शिक्षा कमजोर भयो,बेरोजगार बढ्दै छ
किसानले उत्पादन गर्छन्, मूल्य नाई सड्दैछ
करोडौं करछली हुन्छ, लाखौं हिनामिना
न्यायाधीशले विर्सिसके, उचित छिनोफाना

जग्गा बाँझो,खेत बाँझै छ, युवा जाँडको तलमा
ठूला माछा फुत्किजाने, सानै पर्ने जालमा
राजनीति बेमानी मात्र जालझेल र षड्यन्त्र
अर्कैले चलाईदिन लाग्यो राज्यको संयन्त्र

शैक्षिक संस्था होडबाजीमा कमाउदै रमाए
त्रिविले गिनिज बुकमा नाम समेत लेखाए
गुणस्तरमा घ्यान गएन,सम्मानीत त भए
सम्मानित भएकाहरु विदेशतिरै गए ।

 


Thali Mobile Pvt.Ltd.