ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी image

विराटनगर । बरगाछीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका २ र ५ को सिमानामा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका ९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda