भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । बरगाछीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका २ र ५ को सिमानामा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका ९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.