भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

५२ अस्पतालका ३ सय ७४ बेडमा देशभरका विपन्न बिरामीको निःशुल्क उपचार हुने

५२ अस्पतालका ३ सय ७४ बेडमा देशभरका विपन्न बिरामीको निःशुल्क उपचार हुने

काठमाडौं । गरिब तथा असहायको उपचार निःशुल्क गर्ने काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन् । महानगरपलिकाका प्रमुख बालेन साहले देशका जुनसुकै भागका रहेका गरिब तथा असायहरुको निःशुल्क उपचार गर्ने आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै बताएका हुन ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।’

उजनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका हुन। महानगरसँग ५२ अस्पतालका ३ सय ७४ बेड रहेको उनले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.