भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्संग समाप्त भएलगत्तै भागदौड मच्चिँदा भारतमा १ सय १६ जनाको मृत्यु

सत्संग समाप्त भएलगत्तै भागदौड मच्चिँदा भारतमा १ सय १६ जनाको मृत्यु

एजेन्सी । भारतमा भागदौड मच्चिँदा १ सय १६ जनाको मृत्यु भएको छ । भारत उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा १ सय १६ जनाको ज्यान गएको हो ।

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो। नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो। सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको हो ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.