भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

१० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती

१० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती image

काठमाण्डौ । भारत र नेपालबीच अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकले उक्त सहमति गरेको हो ।

बैठकले आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती गरेको जनाको छ । कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फ प्रसारणलाइन निर्माण गर्दा भारतको पावर ग्रिडको ५१ र नेपालको ४९ प्रतिशत लगानी रहने भएको छ ।

संयुक्त कम्पनीको स्थापनाबारे आवश्यक प्रकृया र काम एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ । दुवै देशका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरुवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति भएको हो ।

बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमताका प्रसारणलाइन निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर निर्माणमा पनि सहमति गरेको छ । नेपाल–भारतबीच उच्च क्षमताको चार केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन मात्र सञ्चालनमा छ ।

चार सय केभी क्षमताकै न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधिन छ । नेपालले भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बङ्गलादेशमा पनि निर्यात गर्ने उदेश्य राखेको छ ।

दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्माण भएको र यी दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनी स्थापना हुने छ । उर्जा मन्त्रायलले जनाएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda