भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी

ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी

काठमाडौं । अभाव भए सरकारले ठोस कदम चाल्ने चेतावनी दिएको छ । बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चालने चेतावनी दिएको हो । कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारवाही गर्ने सरकारले चेतावनी दिएको हो ।

ग्यास उद्योगीहरूले गत साता पत्रकार सम्मेलन मार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएको थियो । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने चेतावनी दिएको छ ।

ग्यास उद्योगीका माग सम्बोधनका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मातहतमा बैठक बसेपछि ग्यास उद्योगीसँग छलफल गरी उद्योगीहरुका जायज मागलाई सम्बोधन गरिने सरकारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.